ठाडोभाका के हो ?
ठाडोभाका नेपाली
लोकसंस्कृतिको एक विधा हो । यसको आफ्नै मौलिकपन छ । पछिल्ला वर्षमा नेपाली
सांस्कृतिक क्षेत्रमा
प्रत्यक्ष गायनको सांगीतिक विधा ओझेलमा पर्दै गएको छ । नृत्य र गीतहरू प्रायः ट्रयाकमा गाउने,
नाच्ने प्रचलन बढ्दो छ । कलाकारहरूमा पनि विदेशको नक्कल गर्दा आफू ठूलो मान्छे
भएको ठान्ने घातक प्रवृत्ती बढ्दो छ, जुन भाषा,
कला संस्कृतिका क्षेत्रमा काम गर्ने अभियन्ताका लागि ठूलो चुनौति बन्न थालेको
छ तर ठाडोभाका यस्तो गीत हो जसलाई ट्¥याकमा गाउन
सकिन्न÷गाइदैन । यस गीतको मूल विशेषता भनेको
नै ट्रयाकमा गाउन नमिल्नु/नसक्नु हो । किनकि, यो गीतमा कार्यक्रम आयोजना गरिएको
क्षेत्रको परिवेश, वातावरण,
जनजीवन, प्राकृतिक दृश्य,
धार्मिक ग्रन्थ तथा तिनका पात्रको वर्णनका साथ मायापिरतीका बारेमा गाउने गरिन्छ
।
गायनको सबै बेलाको आधार मायापिरती हुन्छ भन्ने पनि हुँदैन । अन्य विषय वस्तुमा पनि गीत प्रस्तुत गर्न सकिन्छ । यो गीतमा बिम्बको प्रधानता रहन्छ । बिम्बलाई मायापिरतीको वा गायनको आधार मानेर त्यसकै सेरोफेरोमा रहेर यो गीत गाउने गरिन्छ ।
‘बा.गी.ना.’
सिद्धान्तका आधारमा यो गीतको प्रस्तुति गरिन्छ । ‘बा’को अर्थ बाजा,
‘गी’को अर्थ गीत र ‘ना’को अर्थ नाच हो र यी तीनै विधा एकैसाथ प्रस्तुत गरिन्छ
। यो गीतका सबै कलाकारलाई तीनै विधा आउँछ भन्ने हुँदैन । कोही गायनमा मात्र पोख्त हुन्छन्
भने कोही मादल बजाउनमा मात्र र कोही नाच्न मात्र जान्ने हुन्छन् । केही सीमित व्यक्तिमा
भने त्यस्ता तीनवटै क्षमताको बरदान सरस्वती माताले दिएकी हुन्छिन् । प्रतिष्ठानका संरक्षक
बुद्धिमान दुरा ‘धम्पु’मा त्यो क्षमता रहेको पाइन्छ
।
ठाडोभाकालाई दोहोरी
गीतको जननी पनि मानिन्छ । एकल गायन सम्भव नहुनु यो गीतको अर्को विशेषता हो । महिला
र पुरुषको दुई समूह, एक समूहमा कम्तिमा ३÷३ जना हुनै
पर्दछ । समूहको मुख्यव्यक्ति नायक/नायिकाले गीतमार्फत
सवाल/जवाफ गर्दछन् भने अन्यले गीत छोप्ने
गर्दछन् । यो गीतको बाध्यबादनको हकमा मादल मात्र भए पनि पुग्छ । गीतको साथमा गीत छोप्ने
व्यक्तिहरू र गीतको मर्म बुझ्ने दर्शकहरूले समेत ताली बजाएर गायकलाई प्रोत्सहित गर्ने
गर्दछन् । यस भाकाको मूल विशेषतामा गाउँदा अगाडि र पछाडिको छन्द र अनुप्रास मिलाउन
सक्नु पर्छ अन्यथा गीतले कुनै मिठास र ठोस अर्थ पनि दिँदैन । त्यसो त समाजले बुझ्नै
नसक्ने, मानवको साधारण मस्तिष्क र उसको सम्झनामा
अट्नै नसक्ने जटिल गीत भने यो होइन तर यो गीतको लय र भाका सबैले सहजै टिप्छन् भन्न
अलिक कठिन हुन्छ ।
गीतको संरचना गर्दा प्रकृति, धार्मिक ऐतिहासिक
ग्रन्थ वा तिनका पात्र, स्थान विशेष आदिबाट पहिलो उठान हुन्छ
। दोस्रो अन्तरामा विषय वस्तुका बारेमा जिज्ञासा पैदा गरिन्छ र अन्तिम अन्तरामा प्रतिद्वन्द्वी
गायकलाई व्यंग्यपूर्ण तौरतरिकबाट प्रश्न सोध्ने वा जवाफ फर्काउने या अर्को प्रश्न सोध्ने
गरिन्छ ।
‘होला र यो,
यसो माया जाला ... ’
यो गीतको मूल
थेगो हो । जस्तै– भेडीखर्केले प्रायः गाउने गरेको गीत–
१) ‘...हा...
हा... हो.... कहिलेको झरी बिदा, कहिलेको बादल,
कहिलेको घामछाया, लाहुरे गल्ला धागाको
पल्ला,
संजोगले गर्दा कहाँको दाजु– भाइ, कहाँको दिदी–
बहिनी भेट भयो बल्ला ! अरानी ताइचा टाढाको
माया नलगाउनु
रै’छ दुई दिनको रामछाया ।’
यसैगरी, धम्पु दुरा
र सीता दुराले भारतको असममा जाँदा नेपाल, लोकसंस्कृति
सम्झँदै गाएको गीत–
२) ‘ ...हा...
हा... हो.... विहानी पख, हिमचुली काख,
घामै लाग्यो घमाइलो, हा... हा... सुन जोखौं तोला,
नेपालीको चाडपर्व
तीनसय ६५ दिनमा तीन सय ६६ हुने कस्तो संस्कृति होला, कैलेको हिलो,
कैलेको धुलो, कैलेको निधारमा टीका,
कैलेको गलाभरी फूलको माला, जति हेर्यो उति हुनी रमाइलो ।’
त्यस्तै,
केटीपक्षबाट– ‘हा... हा... तिमैरो शहर सैमा नेपालैमा नौ तले दरबार,
काठको ढोका, काठैको
हनुमान,
हा... हा... रानीबनको गीठा भ्याकुर, खोलीतिरको न्यूरो,
मुलको पानी झुल्के घाम, भेटेपनि भोक
मेटिने हैन,
कस्तो होला तिम्रो र हाम्रो ठाउँ बनाइदिने भगुवान ।’
यो गीतको उत्पत्ती
नेपालको लमजुङ जिल्ला स्थित दुराडाँडा स्थित नेटाको गाउँ÷जंगलमा भएको
हो । नेटामा जन्मिएर स्थायी बासोबास गर्नु हुने देउबहादुर दुरा(विसं– १९५०– १९९०) ले वनजंगलमा
घाँस÷दाउरा काट्न जाँदा,
मेलापत÷गोठालो जाँदा रचना गर्नु भएको मानिन्छ
। लमजुङकै करापुटारमा रहेको सन्तानेश्वर महादेव मन्दिर परिसर (हाल– मध्यनेपाल
नगरपालिका– ७)मा शिवरात्रीका अवसरमा लाग्ने विशेष मेलामा देउबहादुर दुराले आफ्ना साथी
पञ्चैसुब्बा गुरुङलाई साथ लिएर(उहाँलाई केटी पक्ष बनाएर) यो गीत गाउने गर्नु भएको थियो
। ठाडोभाकाको प्रचारप्रसारको काम त्यही मेलाबाट भयो । त्यसैले त्यसभेकका मानिसहरू यो
गीतलाई ‘करापुटारे भाका’ हो भन्ने पनि दावी गर्दछन् । दुरा जातिका व्यक्तिले यस गीतको
सिर्जना गरेको हुँदा कसैकसैले यो गीतलाई ‘दुरा गीत’ पनि भन्ने गरेको सुनिन्छ । उभिएर
गायन गर्ने तथा प्रतिद्वन्द्वी गायनकलाई ठाडो अर्थात झर्रा ठेट नेपाली शब्दको प्रयोग
गरी जवाफ दिने भएको हुँदा यसलाई ठाडोभाका भनिएको हो । यथार्थमा ठाडोभाका लमजुङ जिल्लाको
मौलिक पहिचान दिने, गौरवका रूपमा स्थापित नेपाली लोकसंस्कृतिका
दर्जनौं विधा मध्ये एक उत्कृष्ठ विधा हो ।
पछिल्ला वर्षमा
यो गीत गाउने व्यक्तिहरूको अभावका कारणले लोपोन्मुख अवस्थामा छ । यो गीतलाई लामो समयसम्म
लमजुङको दुराडाँडा(देउतापानी)मा जन्मनु भई सोही स्थानको मैदान गाउँमा हुर्किएर पछि
लमजुङकै परेवाडाँडामा बसाइँ सर्नु भएका दीर्घराज अधिकारी(भेडीखर्के साइँला)ले गायनको
काम गरी संरक्षण गर्नु भयो ।
उहाँको ८५ वर्षको
उमेरमा २०७४ साल भदौ २६ गते निधन भयो ।
ठाडोभाका लोककला प्रतिष्ठानको स्थापना
भेडीखर्के साइँलालाई
उहाँका पछिल्ला दिनमा आफ्नो शेषपछि ठाडोभाका आफूसँगै विलाउँछ कि ?
भन्ने चिन्ता र चासो थियो । त्यो गुनासो
यस प्रतिष्ठानका संस्थापक अध्यक्ष नवराज पहाडीले उहाँको योगदानको बारेमा समाचार सङ्कलन
गर्ने क्रममा भेट गर्दा पनि गर्नु भएको थियो । त्यही वस्तुस्थितिलाई ध्यानमा राख्दै
उहाँकै चाहनाअनुसार उहाँको संरक्षकत्व रहने गरी २०७२ सालको माघ महिनामा ठाडोभाका लोककला
प्रतिष्ठान नेपालको स्थापना गरिएको हो । यो प्रतिष्ठानले ठाडोभाकाका क्षेत्रमा मात्र
नभई लमजुङ जिल्लामा रहेका अन्य लोकसंस्कृति, कला र साहित्यको
संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा समेत बृहत्तर काम गर्न सकियोस् भन्ने ध्येयका साथ
यस संस्थाको नामकरण गर्दा ‘लोककला’ समेत जोडिएको हो । यो प्रतिष्ठान मुनाफा रहित जन
हितकारी संस्था हो ।
प्रतिष्ठानको नारा
‘लोक संस्कृतिको
उत्थान– हाम्रो अभियान’ रहेको छ ।
प्रतिष्ठानको उद्देश्य
(क) मूलतः ठाडोभाकाका
साथमा यस्तै महत्त्वका लोकसंस्कृतिको खोज, संरक्षण र प्रवर्धन
गर्नु रहेको छ ।
(ख) साहित्य,
कला एवम् सांस्कृतिक क्षेत्रमा लाग्न चाहने नवप्रतिभाका लागि उचित वातावरण
दिनु, प्रोत्साहनका कार्यक्रमहरू प्रतियोगिता,
गोष्ठी, प्रशिक्षण आदि सञ्चालन तथा पुरस्कृत
गर्नु, अग्रजहरूको कदर तथा सम्मानका लागि
उहाँहरूको स्मृतिमा विभिन्न कार्यक्रम गर्नु यस संस्थाको अर्को मुख्य उद्देश्य रहेको
छ ।
(ग) नेपाली भाषीहरू
रहेका विभिन्न राष्ट्रमा आपसी सम्बन्ध विस्तार गरी ठाडोभाकाको प्रचारप्रसारका साथ कला,
सांस्कृतिक, साहित्यिक विकासका कार्य गर्ने ।
(घ) विभिन्न
मित्र राष्ट्रहरूमा ठाडोभाका जस्तै मौलिक लोकसंस्कतिका क्षेत्रमा काम गर्ने संस्था
तथा
व्यक्तित्वहरूसँग
आपसी सम्बन्ध अभिबृद्धि गरी सहकार्य गर्दै प्रतिष्ठानको उद्देश्य प्राप्तिका कार्य
गर्ने ।
(ङ) साहित्यिक,
सांस्कृतिक, कला क्षेत्रको विकासका लागि विभिन्न
प्रतियोगिता, गोष्ठी,
कार्यशाला, प्रशिक्षणको आयोजना गर्ने ।
(च) साहित्यिक,
सांस्कृतिक क्षेत्रका अभियन्ताहरूको कार्यका योगदानको उच्च कदर गर्दै प्रोत्साहनका
लागि त्यस्तो कार्य गर्ने संस्था तथा व्यक्तित्वहरूलाई सम्मानका कार्यहरू गर्ने ।
(छ) प्रतिष्ठानको
उद्देश्य प्राप्ति एवम् संस्थागत स्थायित्वका लागि अक्षयकोषको स्थापना र बृद्धि कार्यलाई
निरन्तरता दिने
।
(ज) नेपाल साहित्य
तथा लोक संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुको
स्मृतिमा पुरस्कार स्थापना गर्ने, स्मृति भवन÷सङ्ग्रहालय
निर्माण गर्ने ।
(झ) मुखपत्रको
प्रकाशन गर्ने आदि ।
यो संस्थाले सञ्चालन गरेका मुख्य कार्यहरू
१) बहुभाषिक कवि
गोष्ठी
२) बहुभाषिक सांस्कृतिक
प्रदर्शनी
३) नेपाल– असम
साहित्यिक मितेरी कार्यक्रम– २०७३ को आयोजना ।
४) ठाडोभाका शिरोमणि
भेडीखर्के साइँला, लोकगायिक माया गुरुङ,
नेपाली संस्कृतिका अभियन्ता वीरेन्द्र राणा (असम,
भारत) लाई सम्मान ।
५) वरिष्ठ साहित्यकार
डा. खेमराज नेपाल र हरि गजुरेल (असम, भारत) लाई सम्मान ।
६) भेडीखर्के
साइँलाको शवयात्रालाई विशेष बनाउन पहल र सफलता, १३औं पुण्य
तिथिमा श्रद्धाञ्जली सभाको आयोजना ।
७) ठाडोभाकाको
प्रतियोगिता (सहआयोजक) ।
८) विद्यालयस्तरमा
अध्ययन गर्ने बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य, कला तथा सांस्कृतिक
धरोहरप्रति रुचि जगाई उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ जिल्ला स्थित विभिन्न
माविहरूमा साहित्य संगीत क्लब गठन । ती क्लबका पदाधिकारीहरूलाई भित्ते पत्रिका प्रकाशन
तालिम ।
९) ती विद्यालयका
छात्रछात्राहरूले लेखेका कविता, तयार गरेका चित्रकला,
चुट्कीला सहितका सामग्री संलग्न राखी भित्ते पत्रिका प्रकाशन कार्यमा प्राविधिक
सहयोग ।
१०) माविस्तरमा
साहित्य संगीत क्लब गठन १९ मा.वि.मा र भित्ते पत्रिका प्रकाशन कार्य चलिरहेको छ । केही
विद्यालयले भित्ते पत्रिकाको १७ औं अंकसम्म प्रकाशन गरिसकेका छन् ।
११) विभिन्न महानुभावलाई
यस प्रतिष्ठानले सञ्चालन गर्ने गरी पुरस्कार स्थापनाका लागि गरिएको अनुरोध
स्वीकर गर्दै
वरिष्ठ समाजसेवी नरेन्द्र ढुंगाना(सुन्दरबजार, लमजुङ)द्वारा
आफ्नी आमा टीकाकुमारी ढुंगानाको
स्मृतिमा ५०,५२५ अक्षयकोष
सहित पुरस्कार स्थापना ।
१२) ठाडोभाकाकी
महिला गायिका मध्येका अग्रज गायिका नन्दमाया दुरालाई ‘ठाडोभाका सांम्राज्ञी’ उपाधिसहित
सम्मानपत्र, नगद ५ हजार ५ रुपैयाँ र दोसल्लाद्वारा सम्मान
(दोस्रो अधिवेशनको अवसरमा) ।
१३) भारतको असम
प्रान्तको गुहाटी, कमलिया सहितका विभिन्न स्थानमा ठाडोभाकाको
प्रस्तुति गराएर सम्बद्ध कलाकारहरूका लागि नयाँ अवसरको खोजी र ठाडोभाकाको विस्तारका
लागि पहल गरेको ।
१४) संस्थागत
स्थायित्वका लागि प्रतिष्ठानको अक्षयकोष स्थापनाको अभियान थालनी । दुई लाख रुपैयाँको अक्षयकोष स्थापना । सोमध्ये एक लाख रुपैयाँ प्रतिष्ठानका
संरक्षक धम्पु दुराबाट प्राप्त ।
१५) गुमनाम रहेका
अग्रज स्रष्टाहरूको खोजी कार्य गर्ने क्रममा कविवर डिल्लीजंग गुरुङ (विसं– १९६१– २०२१) को स्मृति दिवसका साथ सार्क राष्ट्रियस्तरको सांस्कृतिक÷साहित्यिक कार्यक्रम
(तीन दिने, मंसिरमा) गर्ने तयारीमा रहेको ।
१६) मुखपत्र
(स्मारिकाको रूपमा) को पहिलो पटक मंसिरको कार्यक्रममा विमोचन हुने गरी तयारी भइरहेको
छ ।
१७) आजीवन सदस्यको
शुल्क अनिवार्य रुपमा अक्षयकोषमा राख्ने विधानमा नै व्यवस्था गरिएको छ ।
१८) प्रतिष्ठानका
संरक्षक बुद्धिमान दुरा ‘धम्पु’द्वारा विभिन्न ठाउँमा ठाडोभाका गायन गर्दा प्राप्त
हुने फूल स्वरुप प्राप्त हुने रकम अक्षयकोषमा राख्ने घोषणा । आजका दिनसम्म त्यस्तो
२६ हजार रुपैया प्राप्त ।
संस्थाका भावी योजना तथा कार्यक्रमहरू
क) वर्षमा कम्तीमा एउटा ठाडोभाकाको
खुल्ला प्रतियोगिता (प्रतिष्ठानको स्थापना दिवसका अवसरमा माघ महिनामा) सञ्चालन गर्ने
। यो वर्ष प्यारजुङमा गर्ने तयारी शुरु ।
ख) ठाडोभाकाकै
बारेमा थप खोज अनुसन्धान गर्ने ।
ग) लमजुङमा रहेका
मौलिक लोकसंस्कृतिको खोज, अनुसन्धान र संरक्षणका लागि पहल गर्ने
। जस्तो–
ब्राह्मण÷क्षेत्री समाजमा
खेलिने बालन लोप भइसकेको अवस्था छ । लमजुङकै अर्को एक काठेभाकाका
(२,३ जना मात्र
बृद्ध गायक÷गायिका बाँकी) भएको उहाँहरूको मृत्युसँगै
त्यो भाका पनि मासिने स्थिति
छ ।) को संरक्षणमा
पहल गर्ने ।
डेढ– दुई दशक
अघिसम्म दुई दिने विवाह हुँदा जन्ती र बेहुली पक्षका पाका मानिस बसेर बेहुलीको घरमा
श्लोकहरूको अन्ताक्षरीको
रूपमा खेल्ने दोहोरी घम्साघम्सी एकदिने तथा एकछिने विवाह प्रचलनका कारण लोप भइसकेको
छ । त्यस्तै, वडादशैंका अवसरमा गाइने मालश्री गीत
र त्यसको धुन पनि पछिल्ला वर्षमा
सुन्न छाडिएको
छ । त्यस्तै तिहारमा खेलिने देउसी भैलोको मैलिकता पनि हराउँदै जान थालेको छ । यस्ता
संस्कृतिहरूको
खोज,
अनुसन्धान र संरक्षण एवम् प्रवर्धनका कार्य गर्ने ।
घ) जिल्लामा माविको
संख्या एक सय पुगेको छ । सबै माविहरूमा साहित्य संगीत क्लब गठन र भित्ते पत्रिका प्रकाशन
कार्य गरी बालबालिकालाई सानै उमेरदेखि साहित्य, कला,
संस्कृति प्रति उनीहरूमा रूचि जागृत गर्दै राष्ट्रियताको पक्षपोषणमा सहयोग
गर्ने ।
ङ) अक्षयकोष बृद्धि
अभियानलाई निरन्तरता दिने ।
च) नेपाली साहित्यको
छन्द विधा विद्यालयस्तरमा पढाइने नेपाली विषयको पाठ्यक्रममा रहेर पनि संकटमा
छ । यसलाई पढाउन
आजका शिक्षक प्रायः असमर्थ देखिन्छन् । त्यसैले, त्यस्ता शिक्षकहरूलाई
नगर र
गाउँपालिकास्तरमा
तीन दिनको छन्द प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
छ) प्रतिष्ठान
मुनाफा रहित लोकहितकारी संस्था भएको हुँदा उल्लेखित कार्य गर्नका लागि जनशक्ति र आर्थिक
स्रोतको खोजी कार्यलाई निरन्तरता दिइएको छ ।
यस प्रतिष्ठानको
संस्थापक संरक्षकमा भेडीखर्के साइँला हुनुहुन्थ्यो । उहाँको निधन पछि बुद्धिमान दुरा
‘धम्पु’
संरक्षक हुनुहुन्छ
। प्रतिष्ठानको संस्थापक अध्यक्ष नवराज पहाडी हुनुहुन्छ । उहाँ गत असार,
२०७६ मा सम्पन्न प्रतिष्ठानको दोस्रो अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित
(निर्विरोध) हुनुभएको छ । प्रतिष्ठानको विधानअनुसार कार्यसमितिको अवधि तीन वर्ष रहेको
छ । प्रतिष्ठानमा हाल ६३ जना आजीवन सदस्य (संरक्षक बाहेक) हुनुहुन्छ ।
२५ जनाको कार्य
समिति र पाँच सदस्यीय सल्लाहकार समिति रहेको छ ।
प्रतिष्ठानका वर्तमान पदाधिकारीहरू
संरक्षक– बुद्धिमान
दुरा ‘धम्पु’
सल्लाहकारहरू–
संविधानसभा सदस्य जमिन्द्रमान घले, कवि विजयराज न्यौपाने,
पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, साहित्यकार
शालिग्राम अधिकारी र ठाडोभाका गायिका सुश्री उत्तम गुरुङ ।
कार्यसमिति (२०७६– ७८)
अध्यक्ष– नवराज पहाडी
वरिष्ठ उपाध्यक्ष– मातृकाप्रसाद खनाल
उपाध्यक्ष– युवराज घिमिरे
महिला उपाध्यक्ष– शोभा थापा
महासचिव– रुपिन्द्र प्रभावी
कोषाध्यक्ष– अमृता घिमिरे
सचिव– कृष्णबहादुर आले
सहकोषाध्यक्ष– स्वस्तिका चिलुवाल
कार्यकारी सदस्यहरू
रुद्रनिधि तिवारी,
प्रेमप्रसाद पोखरेल, सीता दुरा,
लोकचन्द्र खनाल, ध्वज गुरुङ,
नोर्देन तामाङ, सञ्जोग लामिछाने, चित्र दुरा र कुमारी तामाङ ।
मनोनित कार्यकारी सदस्यहरू–
भिमबहादुर दुरा,
सुकमाया गुरुङ, रामचन्द्र अर्याल,
राजु थापा, सुधा ढकाल पहाडी,
चन्द्रकान्त पौडेल, दलबहादुर मजाकोटी र सोमराज बराल ।
0 Comments