ठाडोभाका प्रतिष्ठानको छैटौं स्थापना दिवस विविध कार्यक्रमका साथ तीन दिवसीय रुपमा मनाइयो

 


हाँडीखोला बर्धन गाउँ(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको छैटौं स्थापना दिवस विविध कार्यक्रमका साथ तीन दिवसीय रुपमा मनाइएको छ । 

उक्त दिवसको पहिलो दिनमा उदघाटन कार्यक्रम, विभिन्न व्यक्तित्वलाई सम्मान, प्रतिष्ठानका वरिष्ठ आजीवन र आजीवन सदस्यलाई प्रमाणपत्र वितरण, दोस्रो दिन लोपोन्मुख ठाडोभाकाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्न लागिएको ठाडोभाकाको तेस्रो खुल्ला प्रतियोगिता र बाघचालको दोस्रो खुल्ला प्रतियोगिता सञ्चालन, तेस्रो दिनमा ती प्रतियोगिताको फाइनल प्रतियोगिताका साथमा समापन कार्यक्रमका साथ फागुन १४ गतेदेखि १६ गतेसम्म मनाएको हो ।
यो वर्ष ठाडोभाकाका जन्मदाता देउबहादुर दुराको जन्मस्थल रहेको लमजुङको मध्यनेपाल नगरपालिका– १० को हाँडीखोला बर्धन गाँउमा आयोजना गरिएको हो । उक्त कार्यक्रमको उदघाटन गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गर्नु भएको हो । उहाँले आफ्नो उदघाटन मन्तव्यमा ठाडोभाका लमजुङको मात्र नभई विश्वकै सम्पत्ती हो भन्दै यसको संरक्षण र प्रवर्धनका कार्यमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले जातीय संस्कृति लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु हुँदै त्यो संस्कृति संरक्षणका लागि यो कार्यक्रम कोशेढुंगा हुने बताउनु भयो ।
उहाँले २०६४ सालमा आफू यस क्षेत्रबाट उम्मेदबार समेत भएको स्मरण गर्दै आफूहरूले नेपालमा दिगोशान्ति, अग्रगमन, समृद्धि र सुखी जीवन चाहेको बताउनु भयो । प्रदेश सरकारले आधारभूत स्वाथ्य सेवा पु¥याउनका लागि नीतिगत रुपमा व्यवहारिक प्रयास गरेको बताउनु भयो । त्यसका लागि महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिदै फागुन १ गतेबाट रगतको पनि निःशुल्क सेवा उपलब्ध गराउन थालिएको र अबका दिनमा कोही पनि रगतको अभावमा मृत्यु नहुने बताउनु भयो । त्यस्तै अन्य स्वास्थ्य सेवा स्वास्थ्य बीमामार्फत उपलब्ध गराउन कार्यविधि बताउन लागेको उहाँले उल्लेख गर्नु भयो ।
नेकपा एकीकृत समाजवादीका लमजुङ जिल्ला अध्यक्ष रामबाबु अधिकारीले दुराडाँडाको पहिचानसँग ठाडोभाका जोडिएको बताउँदै यसको जर्गेना गर्नु पर्ने, ठाडोभाकाको स्थानीय पाठ्यक्रम बनाई साना कक्षामा अध्ययनको प्रवन्ध गर्नु पर्ने र प्रतिष्ठानको भवन निर्माणका लागि घडेरीको प्रवन्ध गर्न सबै राजनीतिक दलको ध्यानाकर्षण गर्दै आफ्नो दलले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दुरा सेवा समाज नेपालका संस्थापक अध्यक्ष एवम् दुरा सेवा समाज युकेका सल्लाहकार तथा आदिबासी जनजाति महासंघका महासचिव भक्तबहादुर दुराले दुराडाँडाको पहिचानलाई गुमनाम बनाइएको प्रति चिन्ता व्यक्त गर्र्दै ठाडोभाकाको महत्वमा प्रकाश पार्नु भयो । ठाडोभाकाको प्रतियोगिताको सञ्चालन राम्रो काम हो भन्दै उहाँले यस प्रतिष्ठानका अध्यक्ष पहाडी पञ्चायतकालमै प्रजातन्त्र पुनःस्थापनाका लागि जेलनेल समेत खाएको व्यक्ति यसको अध्यक्ष भएकोमा अत्यन्त खुशी लागकेो बताउनु भयो । उहाँले धेरै मानिसहरू गैरसरकारी संस्था खोलेर केही समयपछि आफ्नो निजी स्वार्थसिद्धिमा लाग्ने गरेको पनि पाइन्छ तर पहाडीजीले त्यसो नगर्नु होला भन्ने सल्लाहर दिदै गर्नु हुने छैन भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले यस्तो शुभ कार्यमा आफूहरूको सदैव संस्थागत र व्यक्तिगत सहयोग रहने बताउँदै प्रतियोगिताको पहिलो (पुरस्कार ३० हजार रुपैया)को प्रायोजन दुरा सेवा समाज युकेले गरेको जानकारी दिदै उक्त रकम अध्यक्ष पहाडीलाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अवसरमा दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिल घलेले यो कार्यक्रमले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा विशेष योगदान गर्दै आएको, त्यसका लागि स्थानीय सरकारको समेत आँखा खोल्ने काम गरेको र आउँदा दिनमा यसको भविष्य उज्वल छ, क्रियाशीलतामा कमी नरहहोस् भन्नु भयो ।
उक्त कार्यक्रममा सोही वडाका अध्यक्ष रामचन्द्र भण्डारी, नेकपा(माओवादी केन्द्र)का जिल्ला सदस्य यसोदा न्यौपाने, नेकपा(एस)का गण्डकी प्रदेश सदस्य एवम् मध्यनेपाल नगरपालिकाका इन्चार्ज सूर्यबहादुर कुँवर, मस्र्याङ्दी गाउँपालिका– ५, रकगार्डेन खानीगाउँ निवासी आयोजक प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कामसार्की गुरुङ, देउबहादुर दुराकी नातिनी बुहारी छलीमाया दुरा सहितले आ– आफ्ना धारणा राख्नु भएको थियो । त्यस्तै, प्रतिष्ठानका कार्यकारी सदस्य एवपम् वरिष्ठ आजीवन सदस्य सीता दुराले कुरा काट्ने सजिलो हुन्छ काम गर्न कठिन छ, कुरा काट्नेहरूले यो भन्दा असल काम गरेर देखाउन् भन्ने चुनौती दिनु भएको थियो ।
आयोजक प्रतिष्ठानको आजीवन सदस्य समेत रहनु भएकी मन्त्री अधिकारीले सो अवसरमा प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य र आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
अमर विरही सहित पाँच अग्रज गायक गायिका सम्मानित
तीन दिनसम्म चलेको उक्त प्रतियोगिताको उदघाटन कार्यक्रममा वरिष्ठ लोकसंगीतकर्मी एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई ‘ठाडोभाका– टीकाकुमारी स्मृति पुरस्कार’बाट सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि १० हजार पाँच रुपैयाँ नगद, सम्मान पत्र, टीका र दोसल्ला रहेको छ । सो पुरस्कार प्रतिष्ठानका सल्लाहकार वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाले आफ्नी स्वर्गीय आमाको स्मृतिमा स्थापना गर्नु भएको हो । सो पुरस्कारका लागि ढुंगानाले ५० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरी दिनु भएको छ । त्यसमा नपुग रकम उहाँले थप गरी पुरस्कार दिने गरिएको छ ।

यसैगरी, आयोजक प्रतिष्ठानको ७० वर्ष र सोभन्दा माथिल्लो उमेरका ठाडोभाकाका पुराना अग्रज गायक गायिकाहरूलाई सम्मान गर्ने नीति अनुसार यस वर्ष पाँच जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ८२ वर्षका रुद्रबहादुर महत, ७८ वर्षका खड्गबहादुर गुरुङ, ७१ वर्षीय हस्तबहादुर दुरा, ७० वर्षीया कविमाया दुरा सहित हुनुभएको सो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार त्यस्ता अग्रजहरूलाई दोसल्ला, सम्मान पत्र र टीकाद्वारा सम्मान गर्ने गरिएको छ । उहाँले भन्नुभयो, ‘‘विगतको तीन वर्षदेखि थालिएको यो सम्मानमा पहिलो वर्ष सात जना, दोस्रो वर्ष छ जनालाई पुरस्कृत गरिसकिएको छ ।’
यसैगरी, लोक संस्कृतिको प्रवर्धनका लागि संस्थागत प्रयास गर्नु पर्छ भन्ने सन्देश दिदै पश्चिमाञ्चलमै पहिलो लोकसंस्कृतिको संस्था स्थापना गर्नुका साथै आयोजक प्रतिष्ठानको सल्लाहकार हुनुभई संस्थागत विकासमा टेवा पु¥याउनु भएकोमा रमेशचन्द्र अधिकारीलाई पनि दोसल्ला, टीका र सम्मानपत्रद्वारा सम्मान गरिएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले अक्षयकोष एक करोड पु¥याउने बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले अक्षयकोष छ लाख बढी रहेको बताउनु भयो ।
प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरेले स्वागत तथा अध्यक्ष नवराज पहाडीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

Post a Comment

0 Comments